ट्रेण्डिङ

होमपेज / समाज

सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

नेपालगाथा २०७९ श्रावण ९ गते सोमबार ०६:२५:३६ मा प्रकाशित

काठमाडौं । सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान आइतबार पक्राउ परेका हुन्। पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top