होमपेज / समाज
काठमाडौं । प्रतिनिधि सभाले ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए।
पारित विधेयक अनुसार कैदीबन्दीले बिहे र प्रजनन अधिकार प्राप्त गर्नेछन् । गर्भवती र सुत्केरीले जेलबाहिर बस्ने छुट प्राप्त गर्नेछन् । ‘कैदीबन्दी पनि नागरिक नै हुन् । उनीहरुले नागरिक अधिकार प्रयोग गर्न पाउनुपर्छ । यस सन्दर्भमा बिहे र प्रजनन्को अधिकार दिइएको हो’ आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भने । उनका अनुसार कैदीबन्दीले विवाह चाहे त्यस्तो विवाहले कानुनी मान्यता पाउनेछ ।
सांसद झपटबहादुर रावलले आश्रित परिवारका दायित्वका विषयलाई सम्बोधन गर्न जरूरी रहेको औँल्याए।सांसद मायादेवी न्यौपानेले जेललाई सीप र शिक्षा सिकाउने गुरू बन्न सक्ने गरी विकास गर्नुपर्नेमा जोड दिए।
पारित विधेयकको दफा २८ मा कैदीबन्दीको बिवाह दर्ता सम्बन्धी व्यवस्था छ ।