होमपेज / समाज
रुपन्देही । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परेको छ ।
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
दुर्घटनाबाट बसमा सवार ६ जनाको मृत्यु भएको स्थानीयले बताए पनि प्रहरीले पुष्टि गरेको छैन ।