होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।२४ घण्टामा देशभर ३४७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।