होमपेज / समाज
बुटवल । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित २१५ युवायुवती पक्रेको छ ।
भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् ।सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ । अहिले मुचुल्का गर्ने काम भइरहेको छ ।