ट्रेण्डिङ

होमपेज / समाज

शान्ता चौधरीले भनिन:मुक्तकमैया र मुक्तकमलरीको यथाशिघ्र पूर्नस्थापना गरियोस्

नेपालगाथा २०७९ श्रावण ८ गते आइतबार १४:२९:१८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मुक्त कमलरी र सरकारबीचको १० बुँदे सहमति कार्यान्वयनका लागि माग गरेकी छन् ।त्यस्तै एमालेको सरकारले ल्याएको पूर्नस्थापनाको कार्यक्रम वर्तमान सरकारले काटेकोमा आपत्ति जनाउँदै छिटो उक्त कार्यक्रम ल्याउन माग पनि गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कमैया मुक्तिको २२ वर्ष र कमलरी मुक्तिको ९ वर्ष बितिसक्दा पनि अझै कमैया र कमलरीहरुको उचित व्यवस्थापन हुन नसकेको बताइन् ।

‘कमैया मुक्त भएको २२ वर्ष र कमलरी मुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अझै कमैया–कमलरीको उचित पूर्नस्थापना हुन सकेको छैन। यसअघिको सरकारले मुक्तकमैया र मुक्तकमलरीको छोराछोरीलाई पूर्नस्थापना र शैक्षिक विकासका लागि बजेट ल्याए पनि अहिलेको गठबन्धन सरकारले कटौती गरेको छ’ चौधरीले भनिन्,‘सभामुख महोदय मार्फत सरकारलाई मुक्तकमैया र मुक्तकमलरीको यथोचित पूर्नस्थापनाको माग गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top