होमपेज / समाज
काठमाडौं । झापामा तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा आइतबार मृत फेलापरेका छन् ।
कचनकवल गाउँपालिका–५ का अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।
प्रहरीका अनुसार उनीहरू शनिबार मध्याह्न करिब १२ बजे घुम्न जाने भन्दै घरपरिवारलाई जानकारी गराएर निस्किएका थिए ।