होमपेज / समाज
काठमाडौं । भक्तपुरमा गुडीरहेको बस र स्कुटरमा रुख ढल्दा १६ जना बढी घाइते भएका छन् ।
रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरमा रुख ढलेको हो ।
मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।