ट्रेण्डिङ

होमपेज / समाज

पहिरोका कारण कालिकोट सडकखण्ड अवरुद्ध

नेपालगाथा २०७९ श्रावण ५ गते बिहीबार १६:०७:१७ मा प्रकाशित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा आज (बिहीबार) दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जम्मा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सर्वसाधारण अलपत्र परेका छन् ।

अस्थायी पोस्ट पिलीबाट खटिएको प्रहरी टोलीले स्थानीय तहसँग समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउने काम गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top