ट्रेण्डिङ

होमपेज / समाज

थप ३९१ जनामा कोरोना पुष्टि, २२७६ जना सक्रिय संक्रमित

नेपालगाथा २०७९ श्रावण ४ गते बुधबार २२:१०:३२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ५६२ पीसीआर र १ हजार ४१९ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ४६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार १७२ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार २७६ जना सक्रिय संक्रमित छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top