होमपेज / समाज
काठमाडाैं | एआइजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । आइजिपी नियुक्तिको विषयलाई लिएर असन्तुष्ट रहेको पोखरेलले सोमवार राजीनामा दिएका हुन् ।
आफूभन्दा वरियतामा तल रहेका एआइजीलाई आईजीपी नियुक्त गरिएको भन्दै उनी त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि राजीनामा दिएका हुन् । सरकारले आईजीपी नियुक्त गरेलगत्तै उनी विदामा बसेको थिए । आइतवार विदाको अवधि सकिएपछि सोमवार उनले राजीनामा दिएका हुन् ।