ट्रेण्डिङ

होमपेज / समाज

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ

नेपालगाथा २०७८ आश्विन २३ गते शनिबार १७:१९:१८ मा प्रकाशित

काठमाडौं ।  जलेश्वर नगरपालिका-८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

क्राउ पर्नेहरूमा मनराशिश्वा नगरपालिका-५ कटैया बस्ने ३४ वर्षीय दिपेन्द्र कुमार साह र भंगाहा नगरपालिका-७ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद नगद सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोडमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top