ट्रेण्डिङ

होमपेज / समाज

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७८ आश्विन २२ गते शुक्रबार १५:१४:४८ मा प्रकाशित

 काठमाडौं । आफ्नै श्रीमती ३२ वर्षीया शुसिला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका- ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा शुसिलाको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top