ट्रेण्डिङ

होमपेज / समाज

भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन २२ गते शुक्रबार १४:०२:४९ मा प्रकाशित

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ दंंगीशरणकी ३७ वर्षीया महिला, बर्दियाको बारबर्दिया नगरपालिकाकी ४२ वर्षीया महिला, बर्दियाको राजापुरका ५२ वर्षीया महिला र ३५ वर्षीय पुरुषको मृत्यु भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

यो सँगै बाँके जिल्लाका अस्पतालहरुमा उपचारका लागि छिमेकी जिल्लाबाट आएका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको संख्या ४ सय २३ पुगेको छ। भेरी अस्पतालमा अहिले पनि २९ जना संक्रमित भर्ना छन । ती मध्ये ९ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top