होमपेज / समाज
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादसैँ बिहीबारबाट सुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गरेका छन्। बिहीबारदेखि सुरु भएको नेपालीको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई उनले शुभकामना पनि दिएका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा विजयादशमीले सबैमा सुख, शान्ति, सुु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।