ट्रेण्डिङ

होमपेज / समाज

श्रोत नखुलेको रकम सहित पक्राउ

नेपालगाथा २०७८ आश्विन २१ गते बिहीबार १८:२२:२० मा प्रकाशित

काठमाडौँ ।  वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ३ लाख ७८ हजार नेपाली रुपैयाँ सहित भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल-४ बस्ने २५ वर्षीय सुजित
कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको विआर २२ सी २७६३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्तरकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top