ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा देशभर ८०५ जना कोभिड संक्रमित थपिए

८ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन २१ गते बिहीबार १७:४३:१३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जना कोभिड संक्रमित थपिएका छन् ।

 ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top