होमपेज / समाज
काठमाडौँ । हरेक वर्षजस्तै यसवर्ष पनि राजधानीको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ ।नमान ढोकास्थित दसैं घरमा बिहीबार विधवत रुपमा घटस्थापना गरिएको छ । बिहान ११ बजेर ४६ मिनेटमा दसैं घरमा घटस्थापना गरिएको हो ।
असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो ।
बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।