ट्रेण्डिङ

होमपेज / समाज

देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने

नेपालगाथा २०७८ आश्विन १९ गते मंगलबार ०७:३८:२१ मा प्रकाशित

काठमाडौं।  देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top