होमपेज / समाज
काठमाडौं। १० हजार ९२० नमूना परीक्षणमा ६ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ७० नमूनाको पीसीआर र ३ हजार ८५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५७४ र एन्टिजेन विधिबाट १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप १ हजार ४०५ जना कोरोनामुक्त भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित १०४ जनाको भेन्टिलेटरमा र ३३७ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २६४१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।