होमपेज / समाज
काठमाडौं। भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले उपत्यकामा सार्वजनिक यातायातका साधनहरू सडकमा तेर्साएर आन्दोलन थालेका छन् ।
छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उपत्यकाको विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सडक ल्याएर सडक नै अवरुद्ध पारेपछि ट्राफिक व्यवस्थापनमा समस्या परेको छ भने यात्रुले सास्ती खेप्नु परेको छ ।
अचानक उनीहरुले गरेको आन्दोलनको मारमा यात्रु परेका छन् । जोरपाटी बौद्धदेखि चाबहिलसम्म यात्रु चढाएर सार्वजनिक सवारी साधनहरूले छोटो दूरीको गाडीभाडा बढाउनुपर्ने भन्दै यात्रुलाई अलपत्र पारेका छन् ।