ट्रेण्डिङ

होमपेज / समाज

थप ८६७ जनामा कोरोना पुष्टि, थप ९ को मृत्यु

नेपालगाथा २०७८ आश्विन १६ गते शनिबार १६:५५:१४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार २ सय १९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ८ सय ६७ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, आज थप  ९ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै, शनिबार १ हजार १ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले विवरणमा जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top