होमपेज / समाज
काठमाडौं । नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई बिहीबार पक्राउ गरेको हो ।इजाजतबिना सञ्चालनमा रहेको भारतको सिलिगुढीमा इम्पोरियम मार्केटिङ प्रालिको सम्पर्कमा राखेर पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको भन्ने जाहेरी परेको थियो।
उक्त कम्पनीमा सदस्य बनेमा साल्ट ल्याम्प, कपडा, औषधिजन्य वस्तु सस्तो मूल्यमा पाउने भन्दै सदस्यता लिनका लागि पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहलमा पठाएको छ।