ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन १६ गते शनिबार १०:०१:४२ मा प्रकाशित

काठमाडौं । सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सप्तरी, कंन्चनरुप नगरपालिका(११ स्थित  सडकमा स।१ च १६६३ नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार अग्निसाईर कृष्णसावरण गाउँपालिका(६ बस्ने ५० वर्षीय नारायण मोचीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै गोल्डेन अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनामध्ये ४ जनाको गोल्डेन अस्पतालमा र अन्य २ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, लक्ष्मिनिया गाउँपालिका(२ स्थित सडकमा ज।२ त ९२८ नम्बरको ट्याक्टर र ज।११ प ८००७ नम्बरको मोटरसाइकल एक अपसमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइल चालक लक्ष्मिनिया गाउँपालिका(१ सोहनी बस्ने ४५ वर्षीय जुगेश्वर साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर घनुषामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका(१२ नौ नम्बरस्थित सडकमा लु।७१ प ५६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २० वर्षीया संगिता गाहा मगरकी छोरी २ वर्षीया पृषिका गाहा मगरको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी संगिताको सोही अस्पतालमा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय सुबाष काफ्लेको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । स्याङजा, आधीखोला गाउँपालिका(५ बरको बोटस्थित सडकमा ग।१ त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित सडकमा रोकी राखेको उक्त ट्याक्टर आफै गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा, बाह्रदशी गाउँपालिका(५ घोडामारामा मे।१ च २५४६ नम्बको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने ४० वर्षीया मिना पौडेलकी छोरी १५ वर्षीया आइसा पौडेलको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी मिना र सोही नगरपालिका(९ बस्ने ४७ वर्षीय देविभक्त क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top