ट्रेण्डिङ

होमपेज / समाज

जंगली बँदेलको मासु सहित २ जना पक्राउ

नेपालगाथा २०७८ आश्विन १६ गते शनिबार ०९:४६:०३ मा प्रकाशित

सुनसरी । इनरुवा नगरपालिका(४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका(६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन् । स।१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद मासु सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top