ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७८ आश्विन १४ गते बिहीबार १७:३८:१४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका-२० रामघाटस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बानेश्‍वरस्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । दाङ, गढवा गाउँपालिका-६ तल्लो मतपुर बस्ने ४० वर्षीय पञ्चराम चमार आफ्नो घरबाट करिब १ सय मिटर टाढा रहेको मतपुर नसला सामुदायिक वनको घाटगद्धिमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top