ट्रेण्डिङ

होमपेज / समाज

नियन्त्रित लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७८ आश्विन १४ गते बिहीबार १७:३४:०४ मा प्रकाशित

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध २ सय ८३ ट्याब्लेट नाईट्राभेट सहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 2 बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top