होमपेज / समाज
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तैगरी पछिल्लो २४ घण्टामा देशभरबाट १११३ कोरोना संक्रमित निको भएका छन् । बुधबार कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् । त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।