ट्रेण्डिङ

होमपेज / समाज

आज विश्व मुटु दिवस, विविध कार्यक्रम गरी मनाइँदै

नेपालगाथा २०७८ आश्विन १३ गते बुधबार ११:५३:३६ मा प्रकाशित

काठमाडौँ । आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । ‘मन लगाऊ, सम्पर्क बढाऊ, मुटु बचाऊ’ भन्ने नारासहित मुटु दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा पनि मुटु रोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामुलक कार्यक्रमहरु गरिंदैछ ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । विश्व मुटु महासङ्घका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ ।

सबै भन्दा बढी मानिसको मृत्युको कारक पनि मुटु रोग हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपाल जस्ता अल्पविकसित देशहरुमा एक तिहाइ बढी मृत्युको कारक मुटु रोग हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top