ट्रेण्डिङ

होमपेज / समाज

इन्टर्ननसिप आवेदन आह्वान

नेपालगाथा २०७८ आश्विन १३ गते बुधबार ११:३७:०७ मा प्रकाशित

काठमाडौं । सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्ननसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्र्टसिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । 

सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्न दिन सक्नेछन्  । जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ । लामो समयदेखि विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले इन्टर्नसिपको माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top