ट्रेण्डिङ

होमपेज / समाज

सुपथ मूल्य पसल र बजार अनुगमनमा ध्यान केन्द्रित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन

नेपालगाथा २०७८ आश्विन १२ गते मंगलबार १९:१६:५६ मा प्रकाशित

काठमाडौं । संसदीय समितिअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको पर्याप्तता, सुपथ मूल्य पसल र बजार अनुगमनमा ध्यान केन्द्रित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बजारमा काठमाडौँमा चिनी र दुर्गमका जिल्लामा खाद्यान्न अभाव भएको जानकारी आएको भन्दै तत्काल आपूर्तिको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

उहाँले विभिन्न पत्रपत्रिकामा दुर्गमका जिल्लामा कुहिएको चामल पठाइएको र केही जिल्लामा दसैंका लागि खाद्यान्न अभाव भएको सुनिएको भन्दै जानकारी माग गर्नुभएको थियो । समितिका सदस्यले चाडपर्वको समयमा बजारमा हुने कालोबजारीमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको थियो । समितिका सदस्य देवेन्द्र पौडेलले राज्यले दिएको छुट उपभोक्ताले अनुभूति गर्न नसकेको भन्दै सुपथ मूल्यका पसलमा पर्याप्त खाद्यान्नको बिक्री वितरणमा जोड दिनुभएको थियो ।

उहाँले सरकारी संस्थान काठमाडौँ उपत्यकामा मात्र केन्द्रित भएको भन्दै दुर्गमका जिल्लामा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात राख्नुपर्नेमा जोड दिनुभयो ।सदस्य किसानकुमार श्रेष्ठले विदेशी वस्तुको आयातलाई कम गर्न स्वदेशी बस्तुको खपतमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top