ट्रेण्डिङ

होमपेज / समाज

खोलाले बगाएर मृत्यु

नेपालगाथा २०७८ आश्विन १२ गते मंगलबार १६:५७:०४ मा प्रकाशित

ईलाम । देउमाई नगरपालिका(१ मैदाने बस्ने गणेश मगरकी १० वर्षीया सागरीका मगरको फाकफोकथुम गाउँपालिका(६ र देउमाई नगरपालिका(१ को सिमानामा रहेको फलाटे खोलाले बगाएर सोमबार दिउँसो मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका(६ फलाटेस्थित फलाटे माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्किने क्रममा उक्त खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी एकतप्पाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि २ किलोमिटर टाढा ढुङ्गामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top