होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिका(५ विशालनगर डेरा गरी बस्ने बुढानिलकण्ठ(३ घर भएका ६० वर्षीय सुवर्ण कुमार जोशी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । ललितपुर, ललितपुर महानरगपालिका(२८ हरिसिद्धि खरीबोट डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ४३ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका(६ नेर्पा घर भई नेपाल बिद्युत प्राधिकरण खोटाङमा कार्यरत ३८ वर्षीय मनराज बास्तोला सोमबार मृत अवस्थामा फेला परेका छन् । रावाबेशी गाउँपालिका(३ मा विद्युत रिडिङ गर्ने गएका उनी सोही गाउँपालिका(३ बस्ने राजकुमार खत्रीको घरमा बास बसेकोमा सुतेकै अवस्थामा उनी मृत फेला परेका हुन् ।
सिन्धुली, फिक्कल गाउँपालिका(२ केबलपुर बस्ने ४७ वर्षीय हिदाको सार्की सोही ठाउँस्थित पानीको खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।