ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७८ आश्विन १२ गते मंगलबार १६:११:४४ मा प्रकाशित

काठमाडौं । काठमाडौं, कीर्तिपुर नगरपालिका(६ आदिनाथ मन्दिर जाने बाटोबाट करिब १ किलो अवैध लागूऔषध पोल्याण्ड सहित सोही नगरपालिका(९ बस्ने मकवानपुर थाहा नगरपालिका(११ भर भएका १७ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पोल्याण्ड सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका(१ बाट १ सय ४६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर, नगद २ लाख ६९ हजार ३ सय रुपैयाँ, १ थान डिजिटल तराजु र १ थान क्यामेरा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका(९ बस्ने २६ वर्षीय टेकराज साह र सोही ठाउँ बस्ने २४ वर्षीय बिकाश मर्डि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका(१ पन्चकन्या प्लिटिङको पन्चकन्या प्लटिङबाट साहको साथबाट ०।५ मिलिग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा मर्डिको बिर्तामोड नगरपालिका(१ स्थित कोठाबाट थप १ सय ४२ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर समेत गरी उक्त परिमाणको ब्राउनसुगर र नगद फेला पारेको हो ।

उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लाई कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(६ खोर्केलाईन डेरा गरी बस्ने २० वर्षीय अरमान खानलाई ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका(११ जसपुरस्थित सडकबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दंगिशरण गाउँपालिका(२ बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

रा।२ प ८४५५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top