होमपेज / समाज
काठमाडौं । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित मृगौला रोगको आधारभूत जाँच कार्यक्रममा कूल ८ सय २६ जनाको मृगौला जाँच गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत ६ सय ४४ जना पुरुष र १ सय ८२ जना महिला गरी जम्मा ८ सय २६ जनाको आधारभुत मृगौला जाँच गरेको हो।
नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा सोही अस्पतालकी प्रहरी उपरीक्षक डा. दिवा शर्माले मृगौला रोग तथा यसको उपचार साथै रोग सम्बन्धी अपनाउनुपर्ने सावधानीहरु सम्बन्धी चेतनामूलक डकुमेन्ट्री प्रस्तुतीकरण गर्नुभएको थियो ।