ट्रेण्डिङ

होमपेज / समाज

निर्माणाधीन घरबाट लडेर १ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन ११ गते सोमबार १५:२४:१३ मा प्रकाशित

काठमाडौं । बुटवल उपमहानगरपालिका-१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका-९ वनभुटानी बस्ने ३० वर्षीयकिसन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।

उक्त गरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २५ वर्षीय गोबिन्द प्रसाद थारुको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top