होमपेज / समाज
सुर्खेत । ‘समावेशी सुशासन र उत्थानशील समुदाय निर्माणका लागि हामो प्रयास’ भन्ने मूल नाराका साथ ‘समावेशी उत्थानशीलता र जवाफदेहिता प्रवद्र्धनका लागि युवा संजाल सुदृढीकरण परियोजना (प्रयास)को अवस्था अवलोकनका लागि इयुका प्रतिनिधि सुर्खेत आएका छन् । राष्ट्रिय स्वयम्वेवक समूह, मिडिया स्वयम्सेवक समूह र युवा अभियन्ता समूह गरी तीनवटा विभिन्न समूहले सुर्खेत जिल्लाका विभिन्न तीनवटा पालिकाहरु वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिकाको विपद् जोखिम, जलवायु परिवर्तन र युवा संस्थाको अवस्थाको परिवेश, उनीहरुको भूमिका र भावि योजनाका बारेमा विभिन्न समूहले इयुका प्रतिनिधि समक्ष प्रस्तुत गरेका थिए ।

विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित करिब दुई वर्षदेखि युरोपियन युनियनको सहयोगमा भिएसओ नेपाल, अकोराब, आयोन र एफएससी नेपालको समन्वयमा सुर्खेतका विभिन्न तीनवटा पालिकामा प्रयास परियोजना लागु भएको छ । इयुका कर्णालीमा विभिन्न खालका ३० वटा परियोजना लागू भएको इयुका प्रतिनिधिले जानकारी दिएका थिए । उनीहरुले सबैसँग समन्वय गर्दै मिडियासँग पनि नजिक रहेर काम गरिरहेको बताए । विभिन्न परियोजनाका कामहरुमा मिडियाले समन्वय गरिरहेको बताउदै उनीहरुले जलवायु परिवर्तनका बारेमा धेरै लाई थाहा नभएकाले समुदायको आवश्यकतालाई मध्यनजर गरेर मिडियाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले देशको राजनीतिक अवस्था र नेतृत्वका बारेमा समेत चासो राखेका थिए । साथै कर्णाली प्रदेशको अवस्थाका बारेमा चासो राखेका थिए । इयुका प्रतिनिधिहरुमा युरोपियन युनियनका प्रतिनिधि स्टेफान डेभिड, मार्को गेभेर, फिनल्याण्ड एम्बेसीका प्रतिनिधि यारी लाउका, लोत्ता माकेला, चुडामणि जोशी, जर्मन एम्बेसीका प्रतिनिधि स्टेफान रस र जीआइजेडका प्रतिनिधि मगाली मान्देर र सन्तोष कुमार पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा भिएसओ परियोजनाका हंसराज जोशी र पूजा श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।