ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्‍यो सूचना

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार ११:४१:४३ मा प्रकाशित

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कविहीन भएका ११ जनालाई प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले गैर हाजिर भएकाहरुको नामावली आज (आइतबार) सार्वजनिक गर्दै उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो । कार्यालयले तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।

आफूखुसी गैर हाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना :

प्रतिक्रिया

सम्बन्धित खवर

Top