ट्रेण्डिङ

होमपेज / समाज

पोखरामा पाँच महिनापछि पाराग्लाईडिङ खुला हुँदै

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार १०:४४:४३ मा प्रकाशित

काठमाडौँ । कोरोना संक्रमणका कारण पोखरामा ५ महिनादेखि रोकिएको पाराग्लाइडिङ उडान खुला गर्ने तयारी गरिएको छ । उडानका लागि सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेस्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नेपाल हवाई खेलकुद संस्था, पोखराले जनाएको छ ।

उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । हाल पोखरामा पाराग्लाइडिङका ६० कम्पनी छन् भने ३५० पाइलट छन् । जसमध्ये १५ जना विदेशी पारापाइलट रहेका छन् । पोखरामा मात्र पाराग्लाइडिङमा झन्डै १ अर्ब रुपैयाँ लगानी छ । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै पाराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छूट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top