ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि

६ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन ९ गते शनिबार १६:३१:३० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।यस्तै काठमाडौं उपत्यकाका ३११ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top