ट्रेण्डिङ

होमपेज / समाज

आजको मौसम देशभर केही स्थानमा चट्याङसहित हल्का वर्षा सम्भावना

नेपालगाथा २०७८ आश्विन ९ गते शनिबार १०:०७:०३ मा प्रकाशित

काठमाडौँ । देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भए पनि बाँकी भागको मौसम सफा रहने छ ।

काठमाडौँ उपत्यकामा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top