ट्रेण्डिङ

होमपेज / समाज

करीव २७ लाख रुपैयाँ बराबरको मेसीनरी सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

नेपालगाथा २०७८ आश्विन ८ गते शुक्रबार १९:५२:३८ मा प्रकाशित

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तीनकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट असोज ८ गते सशस्त्र प्रहरीले करीव २७ लाख ३० हजार रुपैयाँ बराबरको मेसीनरी सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको ईश्वरपुृर बस्ने २४ वर्षिय दिलेश कुमार गोले र सिन्धुपाल्चोक जिल्लाको कमलामाई २ बस्ने १८ वर्षिय ओम कार्की छन् । मे १ क ४४९ नम्बरको टिप्परमा राखेर काठमाडौबाट पाँचथरतर्फ लैजाँदै गरेको उक्त सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीहरु उक्त टिप्परको चालक तथा सहचालक रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा टिप्परसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top