ट्रेण्डिङ

होमपेज / समाज

असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने

नेपालगाथा २०७८ आश्विन ७ गते बिहीबार १७:३६:४४ मा प्रकाशित

काठमाडौं । असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । 

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।महासंघका महासचिव सरोज सिटौलाले वर्षात कायमै रहेकाले सरकारले सडकमा ग्राभेल हालेर भए पनि गाडी चलाउनयोग्य बनाउनुपर्ने बताए ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top