होमपेज / समाज
काठमाडौं । कोभिड–१९ विरुद्धको दुई डोज खोप लगाएका पर्यटकलाई नेपाल आउने प्रक्रियालाई सरल बनाइएको छ ।
सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने निर्णय गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीले कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाएकालाई क्वारेन्टिन बस्नपर्ने व्यवस्था हटाइएको बताए । यो व्यवस्था शुत्रबार (असोज ८) गतेदेखि नै लागु हुने उनले बताए ।
अनअराइभल भिसाका लागि कोभिडको पूर्ण खोप भने लगाएको हुनुपर्ने छ । सरकारले ०७६ चैतदेखि विदेशीलाई अनअराइभल भिसा बन्द गरेको थियो ।