ट्रेण्डिङ

होमपेज / समाज

थप १,२३९ जना काेराना पुष्टि, १३ जना मृत्यु

नेपालगाथा २०७८ आश्विन ७ गते बिहीबार १६:१८:१८ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन्। १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन्। यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने थप १३ जनाले ज्यान गुमाएका छन्। यस्तै काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २४५ भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top