ट्रेण्डिङ

होमपेज / समाज

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन ७ गते बिहीबार १०:३४:२४ मा प्रकाशित

मोरङ । खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा स्थित त्रिजुगा खोलमा माछा मार्ने क्रममा स्थानीय कामलिस माझीको हिजो (बुधवार) बेलुकी मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीन राज राईका अनुशार, करेन्ट लागेर घाइते भएका माझीको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुढीगंगा गाउँपालिका–६ सैतानपुरका माझीले आफ्नै घरबाट खोला सम्म लाइन लगेका थिए । खोलामा करेन्ट प्रवाह गरेर माछा मार्नु गैर कानुनी हो । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top