ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १५:२०:५५ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।

आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले बताए । उनी बुधाबर बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन राजधानी आएको समयमा आगजनी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top