होमपेज / समाज
काठमाडौं । चार दशकअघि चार सय ५९ रुपैयाँ लुट्ने गिरोहका एक मुख्य नाइके पक्राउ परेका छन्। पक्राउ पर्नेमा तत्कालीन लक्ष्मीपुर गाविस–८ का ६० वर्षीय जंगे भनिने जगतबहादुर बुढाथोकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार लारा डिस्टिलरी बेलौरीबाट अन्तःशुल्कबापतको सरकारी रकम उठाई पुनर्वासमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा वि.सं. २०४० साल पुस १० गते डिस्टिलरीका कर्मचारी रामजन सहनीको साथबाट सो रकम लुटिएको थियो ।
सरकारलाई तिर्नुपर्ने राजस्व रकम लुट्ने बेलौरी नगरपालिका– २ लक्ष्मीपुरका बुढाथोकीलाई प्रहरीले पक्राउ गरी आदालत पठाएर कारागार चलान गरेको छ।