होमपेज / समाज
काठमाडौं । भीरबाट खसेको ढुंगा लागेर रोल्पामा आमाछोरीको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो ।बारीबाट घरतर्फ जाने क्रममा हाङ्वाङ भीरबाट खसेको ढुंगा लागेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।