होमपेज / समाज
काठमाडौं । सरकारले सबै सीमा नाका खुला गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ ।
कोरोना महामारी कम हुँदै जाँदा मुख्य नाकाहरू संचालनमा ल्याइएका भएपनि यो निर्णयसँगै बाँकी नाका पनि खुल्ने भएको हो ।